गोरखाखबर (गोरखा, ८साउन) । नेपाल प्रेस युनियनको शनिबार सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशनबाट नरहरि सापकोटा रेडियोतर्फको सचिवमा निर्वाचित भएका छन् । प्रतिस्पर्धी डम्बर बमलाई पछि पार्दै सापकोटा विजयी भएका हुन् ।
प्रेस युनियनको केन्द्रीय अध्यक्षमा शिव लम्साल, वरिष्ठ उपाध्यक्षमा प्रेम केशी र महासचिवमा दिलिप पौडेल विजयी भएका छन् ।
खुल्लातर्फका उपाध्यक्षमा नकूल अर्याल, महिला उपाध्यक्षमा सलोजा दाहाल, खुल्लातर्फको सचिवमा केदार दाहाल, महिला सचिवमा मेनुका ढुंगाना निर्वाचित भएका छन् ।
महासंघ गोरखाका अध्यक्षसमेत रहेका सापकोटा दरौँदी दैनिक, रेडियो गोरखा र नागरिक दैनिकमा कार्यरत छन् ।