तमू सञ्चारकर्मी संघको अध्यक्षमा चित्र सोल्टी गुरुङ


गोरखा खबर
  • आइतबार, असोज ४ २०८३

  • गोरखाखबर(कास्की ,४ असोज) । तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालको केन्द्रीय अध्यक्षमा चित्र सोल्टी गुरुङ चयन हुनुभएको छ । कास्किको सिक्लेसमा शनिबार सम्पन्न संघको छैटौं राष्ट्रिय महाधिवेशनले अध्यक्षमा गुरुङलाई निर्वाचित गरेको हो । अधिवेशनले संघको उपाध्यक्षमा अनिता गुरुङ, महासचिवमा केशब गुरुङ, सचिवमा दान बहादुर गुरुङ र कोषाध्यक्षमा रत्ना गुरुङलाई निर्वाचित गरेको छ । यस्तै सदस्यहरुमा बिबर गुरुङ, किरण गुरुङ, राम बहादुर गुरुङ र बेद बहादुर गुरुङ ९विवेक० लाई निर्वाचित गरेको छ । तमू सञ्चारकर्मी संघ, नेपाल गुरुङ समुदायका पत्रकारहरुको साझा संस्था हो ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार