गोरखाखबर(गोरखा,२० असोज) । सहिद लखन गाउँपालिका अन्तर्गत ४४ जना प्रारम्भिक बालविकास शिक्षकहरुका लागि पेशागत क्षमता अभिवृद्धि पुर्नताजगी तालिम सम्पन्न भएको छ । सहिद लखन गाउँपालिका र इन्फ्यान्टस् एन्ड डेभलपमेन्ट, फ्रान्सको संयुक्त आयोजनामा दुई चरणमा तालिम सम्पन्न भएको हो । तालिममा प्रारम्भीक बालशिक्षा र बालविकास सम्वन्धि पाठ्यक्रम,२०७७ (परिमार्जित,२०८२), कक्षाका न्युनतम मापदण्ड, बालविकास कक्षामा प्रारम्भिक सिकाई तथा विकास मापदण्ड र बालकक्षामा दैनिक सहजीकरण तथा व्यवस्थापन लगायतका विषयमा तालिम दिइएको सामाजिक परिचालक शोभा श्रेष्ठले जानकारी दिनुभयो । तालिम बाट प्राप्त ज्ञान र सीपको माध्यम बाट शिक्षक लाई बालविकास कक्षा लाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने इन्फ्यान्टस् एन्ड डेभलपमेन्ट, फ्रान्सको कार्यक्रम सल्लाहकार बुद्धिकुमार श्रेष्ठको भनाई छ । तालिम समापनको अवसरमा सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश बावु थापा मगरले बालविकास शिक्षकहरुको पेशागत क्षमता विकास तथा अभिवृद्धि लाई गाउँपालिकाले पनि प्राथमिकतामा राखेको बताउँनुभयो ।