फुजेलमा दुईवटा बस ठोक्किदा पाँच घाइते


गोरखा खबर
  • शनिबार, भाद्र २७ २०८३

  • गोरखाखबर(गोरखा,२७ भदौ) । गोरखाको गण्डकी गाउँपालिका वडा नं ४ फुजेल गैरीचौतारामा दुईवटा यात्रुवाहक बस ठोक्किदा ५ जना घाइते भएका छन । काठमाडौंबाट गोरखातर्फ आउँदै गरेको ग १ ख ८६०६ र गोरखाको भच्चेकबाट काठमाडौँ जाँदै गरेको ग २ ख ९८३ नंबरको यात्रुबाहक एक आपसमा ठोक्किँदा यात्रु घाइते भएको हो । घाइते मध्ये गण्डकी गाउँपालिका ४ बस्ने वर्ष १० को भरत बराम र शहिद लखन गाउँपालिका वडा नं ७ वर्ष ३५ की सुमित्रा श्रेष्ठ लाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ । त्यस्तै अन्य घाइतेहरुमा शहिद लखन गाउँपालिका वडा नं ९ का वर्ष २३ की कृतिमा तिवारी, सोही गाउँपालिका वडा नं ६ का वर्ष ३० की सबिना श्रेष्ठ, गण्डकी गाउँपालिका वडा नं ४ का ६२ वर्षीय मन बहादुर श्रेष्ठको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको छ । कृष्णभीरको सडक भासिएर पृथ्वीराजमार्ग अवरुद्ध भए पछि यो सडकमा यातायतको चाप बढेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार