गोरखाखबर(गोरखा,४ असोज) । गोरखा सिरानचोक गाउँपालिका-२ दुधपानी गैरामा आज बिहान ग.१.ज.६३८९ नम्बरको बोलेरो जीप दुर्घटनामा जीपमा सवार सोही वडा बस्ने बर्ष ८२ की लालमाया गुरुङको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा बर्ष ६९ की सिता गुरुङ, बर्ष ७३ का कुल बहादुर नेपाली, बर्ष ६९ की कमल घिमिरे, बर्ष ५१ की सिता पाण्डे , बर्ष ४८ को लेक बहादुर खडका, बर्ष २७ की रेजिना नेपाली र उनकी २१ महिनाकी छोरी रेबिका नेपाली घाइते भएकी छिन । घाइते हुने सबै सिरानचोक गाउँपालिका-७ श्रीनाथकोटका हुन । घाइते ७ जना लाई उपचारका लागि गोरखाको आँपिपपल अस्पताल पठाइएको प्रहरीले जनाएको छ । जीपको पट्टा भाचिएर अनियन्त्रित हुदा दुर्घटना भएको स्थानीयको भनाई छ । चालक बर्ष ३२ का विकास गुरुङ लाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।