गोरखामा ९३ मिलिलिटर वर्षा, संखुवासभामा सबैभन्दा धेरै


गोरखा खबर
  • बुधबार, भाद्र ३१ २०८३

  • गोरखाखबर(काठमाडौं,३१ भदौ) । पछिल्लो २४ घण्टामा गोरखामा ९३ मिलिलिटर वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसम पूर्वानुमान महाशाखाका सबैभन्दा धेरै वर्षा संखुवासभामा मापन भएको छ । टाँसी गाउँ स्नो’ केन्द्रमा मंगलबार राति ८ बजेदेखि बुधबार बिहान साढे ७ बजेसम्मको अवधिमा २८० मिलिमिटर वर्षा मापन भएको छ । तनहुँको थाप्रेक केद्रमा १६३।२, स्याङ्जामा १२७।६, गोरखामा ९३, तनहुँकै श्याम्घामा ८६।६ मिलिमिटर वर्षा भएको छ । तनहुँ र स्याङजामा मापन भएको वर्षा धेरै भारी वर्षा हो भने गोरखामा भारी वर्षा मापन भएको छ । २४ घण्टाको अवधिमा १०० देखि २०० मिलिमिटर वर्षा हुनुलाई धेरै भारी वर्षा भएको मानिन्छ भने ५० देखि १०० मिलिमिटरसम्म वर्षा हुनुलाई भारी र १० देखि ५० मिलिमिटर वर्षा हुनुलाई मध्यम वर्षा मानिन्छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार