गोरखा समाज हङकङद्वारा बाढी पीडितका लागि रु ११,११,१११ सहयोग


गोरखा खबर
  • बिहिबार, असोज १ २०८३

  • गोरखा(काठमाडौं,१ असोज) । भोटेकोसी बाढी पीडितका लागि गोरखा समाज हङकङले ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ। समाजले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि उपलब्ध गराएको हो। गोरखा समाज हङकङले संकलन गरेको सहयोग रकम गोरखा समाज सेवा केन्द्र काठमाडौंका अध्यक्ष महेश गुरुङको नेतृत्वमा रहेको टोलीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको जनाएको छ । हङकङमा रहेर पनि नेपालमा आएको विपत्तिप्रति ऐक्यबद्धता जनाउँदै समाजले गरेको सहयोगले विदेशमा रहेका नेपालीहरूको मातृभूमिप्रतिको सम्बन्ध र मानवीय संवेदनालाई समेत प्रतिबिम्बित गरेको छ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार