गोरखाखबर(गोरखा,१ असोज) । गोरखाको मनास्लु हिमाल आरोहणको लागि आएका सिङ्गापुरका नागरिक बर्ष ५० को पुरुष लुविइ सेङ्गको मृत्यु भएको छ । क्याम्प २ बाट आधार शिविर फर्कने क्रममा तर्फ फर्किने क्रममा हिंड्न गाह्रो भई बसेकोमा बसेको ठाउँमा शुक्रवार बिहान नै मृत्यु भएको प्रहरीले जनाएको छ । एटके एक्सपिडिसन मार्फत उनी सहितको १५ जनाको टोली गत भदौ २८ मा मनास्लु आधार शिविर पुगेको थियो । यो सिजनमा आरोहण गर्न ३८ टोलीका ४५१ जना अनुमति लिएका छन ।