गोरखाखबर(गोरखा,८पुस)।गोरखा महोत्सवमा भिन्न गायक गायिक एवं हास्य कलाकारहरुले दैनिक आफ्ना प्रस्तुतीहरु पस्कीरहेका छन । गोरखा उद्योग वाणिज्य संघले गरेको महोत्सवमा चौथो दिन आइतवार अपरान्हमा मञ्चमा झुल्कीए हास्यकलाकार मनोज गजुरेल ।
कोट पाइन्ट लगाएका मौखिम प्रस्तुतीबाटै दर्शक लाई हसाउने उद्देश्यले मञ्चमा उभिएका हास्यकलाकार गजुरेलले शुरुमै भने हास्यव्यङ्ग इन्धनबाट चल्ने नेपालको एक मात्र रेल हो –मनोज गजुरेल । त्यसपछि गजुरेल विश्वका विभिन्न नेताको क्यारीकेचर गरेका थिए । प्रस्तुतीको अन्त्य गजुरेलले भने “ लोकतन्त्रको कुरा हुदा म काँग्रेस, राष्ट्रियताको कुरामा म एमाले ,गणतन्त्रको कुरामा म माओवादी ,पहिचानको कुरामा म जनजाति र आत्मसम्मानको कुरामा म मधेशी हु ।”