विकास निर्माण समयसीमामा गर्न मन्त्री बस्नेतको निर्देशन


गोरखा खबर
  • आइतबार, पुष ८ २०७५

  • गोरखाखबर(गोरखा,८पुस) । गण्डकी प्रदेशका भौत्तिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जिम्मा पाएको काम समयसीमामा नै सम्पन्न गर्न निर्माणव्यवसायी लाई निर्देशन दिनुभएको छ ।

    लक्ष्मीबजार तिनमाने सडक खण्डको लुदीखोला बन्न लागेको मोटरेबल पुलको शिलान्यास पछि कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले विकास निर्माणको काम लाई प्रभावित पार्ने अधिकार कसै लाई पनि नभएको बताउनुभयो ।शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगरको सभापतित्वमा भएको कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य हरिशरण आचार्य,भौत्तिक पूर्वाधार मन्त्रालयका सचिव इश्वरचन्द्र मरहठ्टा, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त , गोरखा नगरपालिका वडा नं ९ का अध्यक्ष कूल बहादुर कुँवर लगायतले बोल्नुभएको थियो ।गोरखा नगरपालिका वडा नं ९ र शहिद लखन गाउँपालिकाको वडा नं ५ जोडने लुदीखोला मोटरेबल पुल ३ करोड ४४ लाख ३१ हजार ८सय ३८ रुपियाँको लागतमा बन्न लागेकोे हो । पुल निर्माणको जिम्मा निलगिरी अधिकारी जेभीले पाएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार