सेन्ट मेरिज स्कुल गोरखा २६ औं वर्षमा


गोरखा खबर
  • शनिबार, मंसिर २९ २०७५

  • गोरखाखबर गोरखा,२९ मंसिर) । छात्राहरुका लागि मात्र पढाई हुने सेन्ट मेरिज स्कुल गोरखामा स्थापना भएको २६ वर्ष पूरा भएको छ ।गोरखा नगरपालिकाको १४ किलोमा सन् १९९२ देखि सञ्चालनमा आएको सेन्ट मेरिज हाइस्कुलले निजी विद्यालय भए पनि खर्चका हिसाबले सर्वसुलभ शिक्षा दिदै आएको छ ।यस स्कुलमा गोरखाको मात्र नभई आसपासका जिल्लाका छात्राहरु पनि पढ्ने गरेका छन । एलकेजी देखि कक्षा १० सम्म पढाई हुने यस सेन्ट मेरिज स्कुलको २६ औं अभिभावक समारोह सम्पन्न भएको छ ।गोरखा नगरपालिकाका उपप्रमुख बिना कुमारी श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको अभिभावक समारोहमा स्कुलका प्रिन्सीपल सिस्टर क्यार्थिनले स्कुलको सफलता प्रति सबै लाई धन्यवाद दिनुभयो ।

    अभिभावक समारोहमा स्कुलका छात्राहरुले विभिन्न सन्देशमूलक तथा मनोरन्जनात्मक नृत्य ,नाटक प्रस्तुत गरेका थिए । हरेक वार्षिक उत्सव तथा अभिभावक समारोहमा यहाँका छात्राहरुले गर्ने विभिन्न प्रस्तुति लाई निकै आर्कषक मानिन्छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार