मिस वल्ड २०१८ को उपाधि मेक्सिको लाई


गोरखा खबर
  • शनिबार, मंसिर २२ २०७५

  • गोरखाखबर(एजेन्सी,२२ मंसिर )।मिस वल्ड २०१८ को उपाधि मेक्सिकोकी भेनिसा देलिओन जितेकी छिन ।

    चीनमा सम्पन्न मिस वल्डको फाइनलमा अन्तिम ५ मा छानिएको थाइल्याण्ड, युगाण्डा, मेक्सिको, बेलारुस र जमाइका मध्ये १३ जनाको निर्णायक मण्डलले मेक्सिकोकी भेनेसा लाई विजेता घोषणा गरेको हो । त्यस्तै थाइल्याण्डकी प्रतियाेगी फर्स्ट रनर अप हुन सफल भइन् ।नेपालकी श्रृङ्खला खतिवडा भने अन्तिम १२ सम्ममात्र पुग्न सफल भइन् ।

    यस पटक भारत भने अन्तिम १२ मा पनि पर्न सकेन ।अन्तिम ५ मा पर्नका लागि मिस वर्ल्ड एसिया एण्ड अाेसियानिया २०१८ काे उपाधि जित्नु जरुरी थियाे तर त्याे उपाधि थाइल्याण्डले जितेसँगै नेपाल तथा श्रृङ्खलाकाे उपाधि यात्रामा विराम लागेकाे हाे ।अन्तिम ५ मा पुग्न नसके पनि उनले मल्टिमिडिया र ब्यूटी विद् अ पर्पस अवार्ड जितेर भने धेरैको मन जित्न सफल भएकी थिइन् ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार