गोरखाखबर(गोरखा,२८ भदौ) । गोरखाको पालुङटार नगरपालिका -४ छापथोकमा अटो दुर्घटना हुदा ४ जना घाइते भएका छन । बडडाँडाबाट ठाँटीपोखरी तर्फ आउदै गरेको ग प्र ०३-००१ ह ०२१० नम्बरको को अटो सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी अटोमा सवार गोरखा पालुङटार नगरपालिका ४ बस्ने वर्ष ४८ की पर्मिला जि।सी,वर्ष ४५ की गीता श्रेष्ठ,वर्ष २० कि प्रगती श्रेष्ठ,वर्ष ३१ की मेनुका गिरि भएको गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । घाइतेहरुको आपपिपल अस्पतालमा उपचार भइभइरहेको छ ।