गोरखा पालुङटारका सम्पर्क विहीन ३० जनाको विवरण सार्वजनिक (विवरण सहित)


गोरखा खबर
  • बिहिबार, भाद्र ११ २०८३

  • गोरखाको पालुङटार नगरपालिकाले भोटेकोसी बाढी पछि सम्पर्क विहीन रहेका आफ्ना ३० जना नागरिकको तस्वीर सहितको विवरण सार्वजनिक गरेको छ । उनीहरु  भदौ १० गते बिहान ३ बजे तिर बा.प्र.०६-००१ख ०६६२, बा.प्र.०६-००६ ख ८२३ माइक्रोबस र ग २ ख ११५२ नम्बरको यात्रु बस गोसाईकुण्डका लागि गएका थिए । दुवै माइक्रोबसका यात्रुहरु सुरक्षित रहेका छन । तर ग २ ख ११५२ नम्बरको यात्रु बस नुवाकोट लेन्देखोला आसपासबाट हिजो बिहान ८ बजेर ५ मिनेट पछि सम्पर्क विहीन भएको थियो । उक्त बसमा सवार ३६ जना यात्रु मध्ये ६ जनामा मात्र सम्पर्कमा रहेको पालुङटार नगरपालिकाले जनाएको छ । नगरप्रमुख विवश चिन्तन र वन्दना पाण्डेले हस्ताक्षर गर्नुभएको जारी प्रेस नोट संगै  सम्पर्क विहीन ३० जनाको विवरण यसप्रकार रहेको छ ।\

    प्रतिक्रिया

    सम्बन्धित समाचार