गोरखाखबर(गोरखा,६ भदौं )। गोरखाको आरुघाट गाउँपालिका वडा नं ६ स्थित जंगलमा लुकाई राखेको अवस्थामा ५ वटा भरुवा बन्दुक फेला परेको छ । सल्लाको हाँगाहरुले छोपेर राखेको अवस्थामा १ नाले ५ वटा भरुवा बन्दुक प्रहरीले बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय आरुघाट बाट चुरुङ तर्फ गस्ती जाने क्रममा फेला परेको र घटना बारे थप अनुसन्धान भइरहेको गोरखाका प्रहरी नायब उपरीक्षक राजकुुमार श्रेष्ठले जानकारी दिनुभयो ।