गर्भवतीको राम्रो हेरचाह गर्ने श्रीमान र सासु लाई सम्मान


गोरखा खबर
  • आइतबार, असार १ २०८२

  • गोरखाखबर(गोरखा,१ असार) । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आमा र बच्चाको स्वास्थ्य तथा पोषणमा सुधार गर्न योगदान गर्ने उत्कृष्ट श्रीमान र सासु लाई सम्मान गरेको छ ।

    ताकुकोट स्वास्थ्यचौकीमा आयोजित एक कार्यक्रमका बीच जिना गुरुङका सासु गोरी गुरुङ, राममाया रानामगरका श्रीमान विष्णु रानामगर र नेत्रकुमारी फेवालीका श्रीमान भिम फेवाली लाई सम्मान गरेको हो ।

    कार्यक्रममा १ हजार ५ सय रुपियाँ कर सहित नगद पुरस्कार, फूलगुच्छा र सम्मानपत्रले सम्मान गरिएको थियो । स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष बावुलाल गुरुङको सभापतित्वमा भएको सम्मान कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक कृष्ण भट्ट, कार्यपालिका सदस्य शुभप्रभात नेपाली, वडा नं ६ का महिला सदस्य सावित्री श्रेष्ठ,स्वास्थ्यचौकीका अहेव धिरज कुमार यादव, अनमि सन्ध्या आलेले आमा, बच्चा र पोषणका विविध विषयमा बोल्नुभएको थियो ।

    कार्यक्रममा सहभागी हजार दिन भित्रका आमाहरु लाई समेत सरसफाई सामाग्री वितरण गरिएको थियो । गर्भ अवधिभर ८ पटक गर्भजाँच, गर्भजाँच गर्न आउँदा परिवारको सहभागीता, सरसफाई र स्वास्थ्य संस्थामा नै सुत्केरी भएको लगायतका सुचकाङ्कको आधारमा उत्कृष्ट श्रीमान र सासु छनौट गरिएको ताकुकोट स्वास्थ्य चौकीका प्रमुख पूर्णिमा ओलीले जानकारी दिनुभयो ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार