गोरखाखबर(गोरखा,२६ जेठ) । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राइड शेयरिङ नियमावली एक महिना भित्र कार्यान्वयन हुने दाबी गर्नुभएको छ । गृह जिल्ला गोरखा आउनुभएका मुख्यमन्त्री पाण्डेले सोमवार पत्रकारहरु संग कुराकानीको क्रममा भन्नुभयो–‘ राईड शेयरिङ नियमावली हामी बनाइसकेका छौं । त्यस लाई लागू गर्ने क्रममा यातायत व्यवसायीहरुले केही कन्र्सनहरु देखाउनुभएको छ । वहाँहरुले हड्ताल पनि गर्नुभयो । अझै केही छ भने वहाँहरुको कुरा सुन्ने र वार्ता गर्ने समय हामीले एक महिनाका लागि लिएका हौं ।’ वार्तामा वहाँहरुको केही सरोकार छ भने प्रदेश सरकारले सम्वोधन गर्न सक्ने छ भने हामी सम्बोधन गछौं ।’ ठीक एक महिना पुगेको दिन नियमावलीको कार्यान्वयनको प्रक्रिया शुरु हुने पनि मुख्यमन्त्री पाण्डेले जानकारी दिनुभयो ।