गोरखाखबर (गोरखा, ९ असोज) । जिल्ला प्रसासन कार्यालय गोरखाको आयोजनमा आज महामारी तथा प्रकोपजन्य अबस्थामा बहुपक्षिय निकायहरु बिच समन्वयात्मक बैठक सम्पन्न भएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको अध्यक्षतमा बसेको बैठकले हाल गोरखा जिल्लामा फैलिरहेको कोरोना भाइरस कोभिड १९, मङ्की फस, डेंगु लगायतका रोगको रोकथामका नियन्त्रण र व्यवस्थापनका बिषयमा छलफल भएको हो ।
बैठकले गोरखा बजार क्षेत्रमा भोली डेंगी रोग सार्ने लामखुट्टेको लार्भा खोजी नष्ट गर्न दिउँसो ४ बजे घर भित्र र बाहिर लामखुट्टेको बासस्थान तथा फुल पार्ने ठाउँहरुको खोजौ र नष्ट गरौं अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । अभियानमा जिल्ला स्थित सवै निकायहरुलाई सहभागी गराउने निर्णय भएको हो ।
त्यस्तै सवै स्थानीय तह तथा वडाहरुमा डेंगुरोग सोनृ लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानलाई सरकारी तथा गैह्रसरकारी कार्यालय, बिधालय, सहकारी, बैकिङ क्षेत्र, टोल सुधार समिति, आमा समुह, युवाक्लब लगायत सवै सरोकारवाला निकाय मार्फत घर भित्र र बाहिर खोजौ र नष्ट गरौं अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
त्यस्तै चाडबाडका बेला महामारी हैजा, झाँडा पखाला लगायतका रोगहरु फैलन सक्ने भन्दै स्थानीय तहहरु मार्फत स्वास्थ्य संस्थाहरुलाई तयारी अबस्थामा राख्ने र सोका लागी सेचना मूलक सूचनाहरु जारी गर्ने निर्णय भएको निमित्ति प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिनभुयो ।
महामारी जन्य जनधनको क्षती हुन जाने अबस्थालाई मध्यनजर गरी स्वास्थ्य कार्यालय गोरखाले पालिकाहरुसंग समन्वय गरी आरआरटी तथा सिआइटिसी तयारी अबस्थामा राख्ने निर्णय पनि बैठकले गरेको उहाँले बताउनुभयो ।