गोरखाखबर (गोरखा,५ अश्विन) । त्रि .वि प्राध्यापक संघ गोरखा क्याम्पस एकाइ गोरखाको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । प्राध्यापक संघले बुधवार एक कार्यक्रमको आयोजना गरी विजया दशमी, दिपावली, नेपाल संवत, छठ लगायतका पर्वहरुको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएकोे हो ।
त्रि .वि प्राध्यापक संघ गोरखा क्याम्पस एकाइका रमेश अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा क्याम्पस प्रमुख रामशरण वानियाको प्रमुख आतिथ्यता रहेको थियो । गोरखा क्याम्पसको सभाहलमा भएको कार्यक्रममा त्रि .वि प्राध्यापक संघ गोरखा क्याम्पस एकाइका उपाध्यक्ष विदुर वानियाले स्वागत मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा आंशिक प्राध्यापकको तर्फवाट इश्वर चौहान, करार प्राध्यापकको तर्फबाट अशोकभक्त उपाध्याय, त्रि.वि कर्मचारी संघका कार्यवाहक अध्यक्ष सुशीला थापा, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका राजकुमार श्रेष्ठ, नेपाल प्रगतिशील प्राध्यापक संघका गुरु प्रसाद पौडेल, नेपाल प्रजातान्त्रिक प्राध्यापक संघका कमल कोइराला, त्रि .वि प्राध्यापक संघ गोरखाका सचिव सञ्जय अधिकारी र सदस्य बासु खत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।