पछिल्लो २४ घण्टामा ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि


गोरखा खबर
  • मंगलबार, असोज ४ २०७९

  • काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    बितेको २४ घण्टामा देशभर गरिएको ३ हजार ५१२ जनाको नमूना परीक्षणबाट ७४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५३५ जनाको आरटी–पीसीआर गर्दा ३९ जना र १ हजार ९७७ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ९९ हजार ३५५ जना पुगेको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । पछिल्लो विवरण अनुसार नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १२ हजार १६ जना छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६० जना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या ९ लाख ८५ हजार ७२० जना पुगेको छ । यो कुल संक्रमितको ९८ दशमल ६ प्रतिशत हो ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार