साफ महिला च्याम्पियनसिप: नेपाल फेरि उपविजेतामा सीमित, बङ्ग्लादेशलाई उपाधि


गोरखा खबर
  • सोमबार, असोज ३ २०७९

  • गोरखाखबर (काठमाडौं,३ अश्विन) । छैटाैँ संस्करणकाे साफ महिला च्याम्पियनशिप २०२२ काे उपाधि बङ्ग्लादेशले जितेकाे छ ।

    दशरथ रङ्गशालामा भएकाे खेलमा नेपाललाई तीन–एकले हराउँदै बङ्ग्लादेशले उपाधि जित्याे । बङ्ग्लादेशकाे जितमा स्याम सुन्हारले खेलकाे १४ औँ र श्रीमाेती के. सरकारले ४२ र ७७ औँ मिनेटमा गाेल गरिन् । नेपालका लागि अनिता बस्नेतले खेलकाे ७० औँ मिनेटमा सान्त्वना गाेल गरिन् ।

    साफ महिला च्याम्पियनशिपले यसपालि नयाँ विजेता पाएकाे हाे । नेपाल भने पाँचाैँ पटक फाइनलमा पराजित बनेकाे छ । यसअघिका सबै संस्करण भारतले जितेकाे थियाे ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार