प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन: गोरखामा दुई लाख २० हजार मतदाता


गोरखा खबर
  • आइतबार, असोज २ २०७९

  • गोरखाखबर (गोरखा,२ अश्विन) ।  गोरखाको कूल मतदाता संख्या दुईलाख २० हजार छ सय ३७ कायम भएको छ । जिल्ला निर्वाचन कार्यालय गोरखाले मंसीर ४ गते हुने निर्वाचन प्रयोजनका लागि १ लाख ९ हजार ७७४ पुरुष र १ लाख १० हजार ८६३ महिला रहेको संख्या अद्यावधिक गरेको हो ।

    कुल मतदातामध्ये प्रतिनिधिसभा क्षेत्र नम्वर १ मा एकलाख १५ हजार ३९७ मतदाता रहने भएका छन् । जसमा ५७ हजार ३७५ पुरुष र ५८ हजार २२ महिला रहेका छन् ।

    त्यस्तै प्रतिनिधिसभा क्षेत्र नम्वर २ मा एक लाख ५ हजार २४० मतदाता कायम भएका छन् । उनीहरुमध्य ५२ हजार ३९९ पुरुष र ५२ हजार ८४१ महिला रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

    यो संख्या आगामि मंसीर ३ गतेसम्म १८ वर्ष उमेर पूरा हुनेहरुको अद्यावधिक विवरण हो ।

    कार्यालयले प्रदेशसभा क्षेत्रको पनि मतदाता संख्या सार्वजनिक भएको छ । जसअनुसार प्रतिनिधिसभा क्षेत्र नम्वर १ को प्रदेशसभा क्षेत्र कमा ६० हजार ७४४ जना मतदाता रहेका छन् । जसमध्य ३० हजार २३१ पुरुष र ३० हजार ५१३ महिला छन् ।

    प्रतिनिधिसभा क्षेत्र नम्वर १ को प्रदेशसभा क्षेत्र खमा ५४ हजार ६५३ मतदाता कायम भएका छन् । उनीहरुमध्य २७ हजार १४४ पुरुष र २७ हजार ५०९ महिला रहेका जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।

    यस्तै प्रतिनिधिसभा क्षेत्र नम्वर २ को प्रदेशसभा क्षेत्र ‘क’मा ५० हजार ३७६ जना मतदाता कायम भएका छन् । जसमा २४ हजार ७२५ जना पुरुष र २५ हजार ६५१ जना महिला छन् । क्षेत्र नम्वर २ को प्रदेशसभा क्षेत्र ‘ख’ मा ५४ हजार ८६४ मतदाता कायम भएका छन् । जसमा २७ हजार ६७४ पुरुष र २७ हजार १९० महिला छन् ।

    आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लामा कूल मतदानस्थल दुईसय २२ रहने भएका छन् । मतदान केन्द्र भने तीनसय १७ वटा रहने कार्यालयले जनाएको छ । प्रतिनिधिसभा क्षेत्र नम्वर १ मा १२९ मतदानस्थल र १७१ मतदान केन्द्र तथा क्षेत्र नम्वर २ मा ९३ मतदानस्थल र एकसय ४६ मतदानकेन्द्र रहने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

    निर्वाचन आयोगले शुक्रवार देशभरका प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रको मतदानस्थल तथा केन्द्र र मतदाता संख्याको अन्तिम टुंगो लगाएको हो । निर्वाचनका लागि जिल्लामा ७ वटा मतदानस्थल थपिएका छन भने १७ वटा मतदानस्थल सारिएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार