आरुघाटमा डेंगु नियन्त्रणका लागि ‘लामखुट्टेको बासस्थान तथा फुल पार्ने ठाउँहरु खोजौँ र नष्ट गरौँ’ अभियान


गोरखा खबर
  • आइतबार, असोज २ २०७९

  • गोरखाखबर (गोरखा,२ अश्विन) । गोरखाको आरुघाट गाउँपालिकामा डेंगु रोकथाम तथा नियन्त्रणका लागि ‘लामखुट्टेको बासस्थान तथा फुल पार्ने ठाउँहरु खोजौँ र नष्ट गरौँ’ भन्ने अभियान सुरु गरेको छ । आरुघाट गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष लगायतका जनप्रनिधि, स्वास्थ्यकर्मी, विभिन्न संघसंस्था, सुरक्षा निकाय लगायतले पालिकाको केन्द्र लगायत आरुघाट बजार क्षेत्रमा विभिन्न स्थान पुगी सरसफाई गरेका थिए ।

    हाल बढ्दै गएको डेंगु रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण वडा, सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय, सहकारी, वैकिङ क्षेत्र, टोल सुधार समिति, आमासमूह, युवा क्लव लगायतका सबै सरोकारवाला निकायलाई अभियान संचालन गर्न समेत अनुरोध गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रविन थापाले बताए ।

    No description available.
    शुक्रबारबाट सुरु भएको अभियान एक हप्ता सम्म संचालन हुनेछ । हाल टोल, बस्ती सबै क्षेत्रमा डेंगु सम्बन्धी पर्चा, पम्लेट टास्ने, डेंगु सम्बन्धी लक्षण, असर र समाधानका उपाय सम्बन्धी माइकिङ गरिरहेको छ । डेंगु नियन्त्रण गर्नका लागि लामखुट्टेको वृद्धि तथा विकास सफा र स्थित पानीमा हुने भएकाले आफ्नो घर, विद्यालय, कार्यालय र टोल वरपर लामखुट्टेको फुल पार्न सक्ने सम्भावित स्थानहरु सरसफाई गर्न अनुरोध गरिएको उनले जानकारी दिए ।

    गाउँपालिका पालिकाले नै खरिद गरेका किट र मेसिनबाट डेंगुको परीक्षण गर्दै आएको छ । हाल पालिकामा दुई सय डेंगु परिक्षण गर्ने किट स्टक रहेको पनि उनले जानकारी दिए । उनका अनुसार आरुघाट गाउँपालिकामा हालसम्म १९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । डेंगुबाट संक्रमण दर अझै बढ्न सक्ने भएको समयमै सावधानका उपायहरु निकाल्न उनले जोड दिए ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार