गोरखाखबर (गोरखा,२ अश्विन)। लोक तथा दोहोरीगित प्रतिष्ठान गोरखाको अध्यक्षमा हरिराम परियार चयन भएका छन् । शनिवार गोरखा सदरमुकाममा भएको प्रतिष्ठानको १३ औँ साधारण सभा एवं सातौँ अधिवेशनबाट अध्यक्षमा परियार सर्वसम्मत चयन भएका हुन् ।
अध्यक्ष चयन भएपछि उनले कला संस्कृतीलाई जगेर्ना गर्ने, गोरखाली कलाकार र कलाप्रेमीलाई एउटै छानामा ल्याएर बिकृती बिसंगतीको बिरुद्ध काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
पदभार ग्रहण गर्दै उनले प्रतिष्ठानले जग्गा खरिद गरेको ऋण तिर्न र भबन बनाउन तर्फ अग्रसर हुने घोषणा गरेका छन् । संस्थालाई आर्थिक रुपमा बलियो बनाउने, जिल्लाका बिभिन्न संघ संस्था र स्थानीय तहहरुसँगको सहकार्यमा अघि बढ्ने उनले बताए ।
अध्यक्ष परियार यस अघि प्रतिष्ठानको जिल्ला सचिव थिए ।
यस्तै लोक तथा दोहोरीगित प्रतिष्ठानको प्रथम उपाध्यक्ष राजेन्द्रबाबु पन्थ, द्धितिय उपाध्यक्ष सुनिल लामिछाने, महिला उपाध्यक्ष रिता थापा मगर, सचिव केशब बगाले, सह सचिव सुनिमा गुरुङ, कोषाध्यक्ष अम्बर थापा मगर, सह कोषाध्यक्ष रुपा गुरुङ चयन भएका छन् ।
सदस्यहरुमा तिलकुमारी पोखरेल, पार्वती परियार, कबिराज ढकाल, राज गुरुङ, बिनोद रोका, सुजन गुरुङ, चिजकुमार गुरुङ, वर्षा थापा, टिका गुरुङ, रेश्मा तामाङ, दिनेश थापा, सम्झना लामिछाने, असिम उपरकोटी, सचिन भट्टराई, रायन बसेल, देवनारायण मगर लगायत रहेका
छन् ।
कार्यक्रममा लोक तथा दोहोरी गित प्रतिष्ठान गोरखाका पूर्व अध्यक्षहरु, अग्रज कलाकारहरु लगायतको उपस्थिती थियो । संवोधनगर्नेहरुले लोक तथा दोहोरीको क्षेत्रलाई कला संस्कृती जगेर्ना गर्ने र इतिहासंको संरक्षण गर्ने अघि बढ्नुपर्ने सुझाब दिएका थिए ।