महिला साफ च्याम्पियनसिप: भारतलाई पराजित गर्दै नेपाल फाइनलमा


गोरखा खबर
  • शुक्रबार, भाद्र ३१ २०७९

  • गोरखाखबर (काठमाडौँ, ३१ भदौ) । भारतमाथि ऐतिहासिक जित हात पार्दै नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

    शुक्रबार त्रिपुरेश्वरस्थत दशरथ रंगशालामा भएको खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतमाथि १–० को जित हात पारेको हो । महिला साफ च्याम्पियनसिपको इतिहासमा नेपालले भारतलाई हराएको यो नै पहिलो पटक हो ।

    अब नेपालले उपाधिका लागि बंगलादेशसँग खेल्नेछ ।

    नेपाल फाइनलमा पुगेको भने पाँचौं पटक हो । तर चार पटक नै नेपाल फाइनलमा भारसँग पराजित भएको थियो ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार