मुग्लिनको पुलबाट हाम फालेर एक युवा वेपत्ता


गोरखा खबर
  • शुक्रबार, भाद्र ३१ २०७९

  • गोरखाखबर (चितवन, ३१ भदौ) । चितवनको मुग्लिन पुलबाट हाम फालेर एक युवा वेपत्ता भएका छन् । आज (शुक्रबार) साँझ ५ः३० बजेको समयमा एक युवाले हाम फालेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

    बागमती प्रदेश ०२–०३१ प ५२५४ नम्बरको मोटरसाइकलमा आएका युवाले झोला मोटरसाइकल माथि राखेर पुलबाट हाम फालेको प्रत्यक्षदर्शीले बताएका छन् । झोलामा फेला परेको लाइसेन्सका आधारमा युवा दोलखा जिल्ला गैरिमुडी ९ का निराजन घिमिरे रहेको प्रहरीले जनाएको छ । वेपत्ता युवाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार