राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि गोरखाका २७ विद्यालय छनोट


गोरखा खबर
  • शुक्रबार, भाद्र ३१ २०७९

  • गोरखाखबर (गोरखा, ३१ भदौ) ।  शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालय छनोट गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानवस्रोत विकास केन्द्रबाट बुधबार प्रकाशित सूचनामा गोरखाका २७ सहित देशभरका ३ हजार ४७५ विद्यालय छनोट भएको उल्लेख छ ।

    जिल्लाका ११ वट स्थानीय तहबाट २७ विद्यालय छनौट भएका छन् । जसमा अजिरकोट गाउँपालिका–३ मा भच्चेक आधारभूत विद्यालय र वडा नं २ अपुनमा रहेको प्रभा माविका लागि आइसिटी निर्माणका लागि ६ लाख ५० हजार बजेट विनियोजन भएको छ ।
    आरुघाट गाउँपालिका–१० सिद्धदेवी मावि र वडा नं १ मा रहेको विष्णु आधारभूत विद्यालयमा आइसिटीका लागि ६ लाख ५० हजार रुपैया छुटाएको छ ।

    भीमसेन थापा गाउँपालिका ५ को शान्ति मावि, वडा नं. ६ को जनशक्ति आधारभूत विद्यालय, वडा नं. ४ को प्रभात माविमा आइसिटी निर्माणका लागि ६ लाख ५० हजारको दरले बजेट विनियोजन गरिएको छ ।

    त्यस्तै, चुमनुब्री गाउँपालिका ३ को बुद्ध मावि, वडा नं. ४ को नुब्री आधारभूत विद्यालय, धार्चे गाउँपालिका २ को केरौजा मावि, वडा नं. ६ को मन्जुश्री मावि र वडा नं. ४ को मणिकाम देवी माविमा आइसिटी ल्याब स्थापनाका लागि ६ लाख ५० हजार विनियोजन भएको छ ।
    गण्डकी गाउँपालिका ७ स्थित शिव आधारभूत विद्यालय र वडा नं. ६ को तोमन डाँडा माविमा आइसिटी निर्माणको लागि ६ लाख ५० हजार र वडा नं. १ स्थित विजया भवानी माविमा ४ कोठे भवन निर्माणका लागि ५५ लाख विनियोजना गरिएको शिक्षा तथा मानवस्रोत विकास केन्द्रको सूचनामा उल्लेख छ ।

    गोरखा नगरपालिका ६ को बालमन्दिर मावि, वडा नं. ४ को सरस्वती मावि र वडा नं १० को मनकामना बहिरा आवासीय माविमा आइसिटी निर्माणका लागि ६ लाख ५० हजार छुटाइएको छ ।

    शहिद लखन गाउँपालिका–६ मा रहेको हिमालय मावि, वडा नं. ८ को रामेश्वरी मावि, सिरानचोक गाउँपालिका–६ को नामरुक देवी आधारभूत विद्यालय, वडा नं ४ को सर्वोदय आधारभूत विद्यालयमा आइसिटी निर्माणका लागि ६ लाख ५० हजार रुपैयाँका दरले बजेट विनियोजन गरिएको छ ।

    पालुङ्टार नगरपालिका– ७ को बालकल्याण मावि र वडा नं ८ को अकला माविमा आइसिटी निर्माणका लागि ६ लाख ५० हजार र वडा नं ७ कै ओँमकार योग आयुर्वेद गुरुकुलमा दुई कोठे भवन निर्माणका लागि २७ लाख ५० हजार रुपैया बजेट विनियोजन गरिएको छ ।
    बारपाक सुलिकोट गाउँपालिका–३ को स्वाँरास्थित माझथर मावि र वडा नं. ६ डाँडागाउँ अन्तरज्योति माविमा आइसिटी निर्माणका लागि ६ लाख ५० हजार विनियोजन भएको जनाएको छ ।

    ‘राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६’ निर्देशक समितिको बैठकबाट यो कार्यक्रम चालु आर्थिक वर्ष २०७९–८० मा साउनबाट नै कार्यान्वयन गर्ने गरी प्रस्ताव आव्हान गरेको थियो । राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम अन्तर्गत भौतिक सुविधा विस्तार लगायतका कार्यक्रममा सहभागी हुने विद्यालयले स्थानीय तहमार्फत शिक्षा तथा मानव स्रोत केन्द्रमा प्रस्ताव पेश गरेका थिए ।
    यो कार्यक्रम कार्यान्वयनका लागि सरकारले बजेट भाषण मार्फत चालु शैक्षिक वर्ष (आर्थिक वर्ष) का लागि ८ अर्ब ८८ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । गत वर्षको ७ अर्ब ८५ करोड ५१ लाख रुपियाँ छुट्याएको थियो ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार