पछिल्लो २४ घण्टामा १ सय ४ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु


गोरखा खबर
  • आइतबार, भाद्र २६ २०७९

  • गोरखाखबर (काठमाडौँ,२६भदौ) । देशभर पछिल्लो २४ घण्टामा थप एक सय चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

    एक हजार पाँच सय ९२ पीसीआर र एक हजार नौ सय ९५ एण्टीजेन गरी जम्मा तीन हजार पाँच सय ८७ नमुनाको परीक्षण गर्दा थप एक सय चार जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार दुई सय एक जना कोरोना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । कोरोना सङ्क्रमणमुक्त हुने ९८ दशमलव ६ प्रतिशत रहेको छ ।

    त्यसैगरी, कोरोनाका कारण आज थप दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनको कुल सङ्ख्या १२ हजार १४ पुगेको मन्त्रालयले जनाएको छ ।

    नेपाल हाल दुई हजार तीन सय १६ जना कोरोनाका सक्रिय संक्रमित छन् भने पछिल्लो २४ घण्टामा आठ हजार चार सय १२ जना कोरोना विरुद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार