आम निर्वाचन: एक लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुल्यो


गोरखा खबर
  • आइतबार, भाद्र २६ २०७९

  • गोरखाखबर (काठमाडौँ,२६भदौ) । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा (आम) निर्वाचनको लागि नेपाल प्रहरीले म्यादी प्रहरीको लागि भर्ना खुला गरेको छ।

    प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार एक लाख १५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो।

    इच्छुक नेपाली नागरिकले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म सार्वजनिक बिदाको दिन समेत दरखास्त बुझाउन सक्नेछन्। दरखास्त फाराम सबै जिल्ला प्रहरी कार्यालयमा पाइनेछ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार