साफ यू-१७ फुटबल: भारतलाई ३-१ ले हराउँदै नेपाल सेमिफाइनलमा


गोरखा खबर
  • शुक्रबार, भाद्र २४ २०७९

  • गोरखाखबर (काठमाडौं, २४ भदौ) । भारतलाई ३-१ ले हराउँदै नेपाल साफ यू-१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

    श्रीलंकाको कोलम्बो स्थित रेस कोर्स ग्राउण्डमा शुक्रबार भएको खेलमा नेपाललाई जिताउन सरोज दर्लामी, उनेश बुढाथोकी र सुवास बमले गोल गरे ।

    खेलमा पहिलो गोल भने भारतले गरेको थियो । २५ औं मिनेटमा ड्यानी मेइटीले गोल गर्दै नेपाललाई पछि पारेका थिए ।

    खेलको ४५ औं मिनेटमा सरोजले तथा ४९ औं मिनेटमा उनेशले र ६८ औं मिनेटमा सुवासले गोल गर्दै नेपाललाई ३-१ को जित दिलाए ।

    समूह बीमा खेलेका दुवै खेल जितेको नेपाल ६ अंकसहित समूह विजेता बनेर सेमिफाइनलम पुगेको छ । भारत भने ३ अंक जोडेर उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । यो समूहमा रहेको भूटान नेपाल र भारत दुवैसँग पराजित भएर बाहिरिएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार