आयोगले सार्वजनिक गर्‍यो निर्वाचन कार्यतालिका


गोरखा खबर
  • शुक्रबार, भाद्र २४ २०७९

  • गोरखाखबर (काठमाडौं, २४ भदौ) । निर्वाचन आयोगले आम निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

    आयोग स्वीकृत गरेको निर्वाचन कार्यतालिका अनुसार अनुसार असोज २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र मनोनयन दर्ता भएको उम्मेदवारको सची प्रकाशन गर्ने, असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, असोज २४ देखि २५ गतेसम्म मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने छ ।

    यस्तै असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने र असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवम् उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने गरी तोकिएको आयोगका सहायक प्रवक्तासमेत रहेका उपसचिव सूर्यप्रसाद अर्यालले नेपाल प्रेसलाई जानकारी दिए ।

    उनका अनुसार यी सबै निर्वाचन कार्यक्रम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा सञ्चालन हुनेछन् ।

    यसैबीच निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूचीमा नाम समावेश भएको व्यक्ति प्रत्यक्षतर्फ लिन नपाउने भएको छ ।

    आयोगका सहायक प्रवक्ता अर्यालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूचीमा नाम समावेश भएको व्यक्ति प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवार हुन नपाउने कानूनी व्यवस्था रहेको बताएका हुन् ।

    प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १४ को उपदफा २ मा समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवार हुन र पहिलो हुने निर्वांचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवार भएको व्यक्तिको नाम समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्दसूचीमा समावेश गर्न पाइने छैन भनिएको छ ।

    यस्तै प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १४ को उपदफा २ मा समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवार हुन र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवार भएको व्यक्तिको नाम समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्दसूचीमा समावेश गर्न नपाइने व्यवस्था छ ।

    निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फको उम्मेदवारको बन्द सूची बुझाउने समय असोज २ गतेका लागि तोकेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार