सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बित


गोरखा खबर
  • बिहिबार, भाद्र २३ २०७९

  • गोरखाखबर (काठमाण्डाै, २३ भदौ) । नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरेको छ ।

    नाबालिगलाई बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध बिहीबार पक्राउ पुर्जी जारी गरेपछि बसेको क्यानको बैठकले उनलाई निलम्बन गरेको हो ।

    जिल्ला अदालत काठमाडौंले बिहीबार बलात्कार आरोपित लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उनलाई निलम्बन गरिएको हो । २०७८ मंसिर २९ गते बसेको क्यानको बैठकले उनलाई राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त गरेको थियो ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार