गोरखाखबर (गोरखा,१९ भदौ) । आसन्न प्रदेशसभा निर्वाचनको लागि गोरखा १ ‘क’ मा एमालेबाट ७ जनाको नाम सिफारिस भएको छ । पार्टी क्षेत्रीय समन्वय कमिटीको बैठकले प्रदेश सभा निर्वाचनको लागि प्रत्यक्ष तर्फबाट ७ जनाको नाम सिफारिस गरेको हो । प्रत्यक्ष तर्फ गोपाल पाण्डे, सुरेन्द्रबहादुर थापा, नानुमाया थापा, कपिल पोखरेल, विशाल थापा,काजिराम श्रेष्ठ र देवेन्द्र श्रेष्ठको नाम सिफारिस गरिएको छ । त्यस्तै समानुपातिक तर्फ ५ जनाको नाम सिफारिस गरिएको छ । हरिचन्द्र श्रेष्ठ, पम्फा खत्री, रसिया मियाँ, काजिराम रोका र नवराज अधिकारीको नाम सिफारिस गरिएको समन्वय कमिटीले जनाएको छ । क्षेत्रीय समन्वय कमिटीले जिल्ला कमिटीलाई नाम सिफारिस गरेको हो ।