गोरखा १ ‘ख’ मा एमालेबाट ५ जनाको नाम सिफारिस


गोरखा खबर
  • शनिबार, भाद्र १८ २०७९

  • गोरखाखबर (गोरखा,१८ भदौ) । गोरखा १ ‘ख’ मा एमालेबाट ५ जनाको नाम सिफारिस भएको छ । आज भएको प्रदेश समन्वय कमिटीको बैठकले प्रदेश सभा निर्वाचनको लागि प्रत्यक्ष तर्फबाट ५ जनाको नाम सिफारिस गरेको हो । प्रत्यक्ष तर्फ कृष्ण प्रसाद काप्री, आर सि लामिछाने, मोहन प्रसाद भट्टराई, तिर्थ बहादुर नेपाली र प्रमिला खड्का नाम सिफारिस गरिएको छ । त्यस्तै समानुपातिक तर्फ ७ जनाको नाम सिफारिस गरिएको छ । मिना बराम, सन्त बहादुर गुरुङ, सुरेश बाबु श्रेष्ठ, टिकानारायण श्रेष्ठ, सन्त बहादुर नेपाली, भिम बहादुर सुनार र जित बहादुर कुमालको नाम सिफारिस गरिएको समन्वय कमिटीले जनाएको छ । प्रदेश समन्वय कमिटीले जिल्ला कमिटीलाई नाम सिफारिस गरेको हो ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार