एकैदिन कोरोनाबाट दुई जनाको मृत्यु, २०० संक्रमित थपिए


गोरखा खबर
  • शनिबार, भाद्र १८ २०७९

  • गोरखाखबर (काठमाडौँ,१८ भदौ) । कोरोनाको कारण थप दुई जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ३३९ जना संक्रमित निको हुँदा दुई जनाको मृत्यु भएको हो।

    यो अवधिमा देशभरबाट ३५३७ नमूना परीक्षण गर्दा २०० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार पीसीआर विधिबाट १३८१ र एन्टिजेनबाट २१५६ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ९२ र एन्टिजेनबाट १०८ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

    हाल सक्रिय कोरोना संक्रमितको संख्या २६४२ पुगेको छ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार