एकैदिन कोरोनाबाट ३ जनाको मृत्‍यु, २०६ जना संक्रमित थपिए


गोरखा खबर
  • शुक्रबार, भाद्र १७ २०७९

  • गोरखाखबर (काठमाडौँ, १७ भदौ) । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्‍यु भएको छ भने २०६ जनामा संक्रमित थपिएका छन् ।

    सस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८६९ जनाको परीक्षणमा २०६ जनामा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५९५जनाको पीसीआर परीक्षण गर्दा १३४ जना र १ हजार २७४ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

    यस्तै शुक्रबार कोरोना संक्रिय संक्रमितको संख्या २ हजार ८९१ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ३९८ जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये २ हजार ७३५जना होम आइसोलेसनमा रहेका छन् भने १५६ जना संस्थागत आइसोलेसन र ४१ जना आईसीयूमा छन् ।

    यस्तै ६ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

    शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४८ हजार ४४३ पुगेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार