सुनको मूल्य तोलामा ९०० सय रुपैयाँले घटयो


गोरखा खबर
  • बिहिबार, भाद्र १६ २०७९

  • गोरखाखबर (काठमाडौं, १६भदौ) । सुनको मूल्य लगातार आठौं दिनमा पनि घटेको छ । भदौ ९ गतेबाट घट्न थालेको मूल्य बिहीबार पनि निरन्तर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको मूल्य तोलामा ९०० सय रुपैयाँले घटेको छ ।

    महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला मूल्य ९३ हजार १००, तेजावी सुनको ९२ हजार ६०० कायम भएको छ। यस्तै चाँदीको प्रतितोला मूल्य ११ सय रुपैयाँमा आइपुगेको छ । बुधबार ९४ हजार रुपैयाँमा छापावल, ९३ हजार ५०० र चाँदीको मूल्य ११ सय ३० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार