६ तला माथिबाट खस्दा दुई बालबालिकाको मृत्यु


गोरखा खबर
  • बुधबार, भाद्र १५ २०७९

  • गोरखाखबर (काठमाडौं,१५ भदौ)।  काठमाडौंको बुद्धनगरस्थित एक घरमा ६ तला माथिबाट खस्दा दुईजनाको मृत्यु भएको छ ।

    अन्दाजी १३ र १४ वर्षका अनिकेत रोय र कृतिका जैसवालको मृत्यु भएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

    घरबाट तल खसिरहेको अवस्थामा देखेपछि उनीहरुलाई तत्काल उपचारका लागि सिभिल अस्पताल लगिएको थियो । तर उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले छतबाट हाम्फालेको हुनसक्ने बताइएको छ ।

    विस्तृत अनुसन्धान थालिएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार