गोरखा १ मा कांग्रेसबाट ९ जना आकांक्षी


गोरखा खबर
  • बुधबार, भाद्र १५ २०७९

  • गोरखाखबर (गोरखा,१५ भदौ)। आसन्न प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ मा कांग्रेसबाट प्रत्यक्षतर्फ उम्मेद्वारी बन्नका लागि नौ जनाले आशयपत्र पेस गरेका छन्। प्रत्यक्षतर्फ नौ जना र समानुपातिकतर्फ पाँच जनाले आवेदन पेश गरेको क्षेत्र नम्बर १ का सचिव शरण श्रेष्ठले बताए।

    प्रत्यक्षतर्फ महासमिति सदस्य राजेन्द्र बजगाई, तुलराम दाहाल, किरणबाबु श्रेष्ठ, देवेन्द्र वाग्ले, रामकृष्ण लामिछाने, केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ, महासमिति सदस्य राजनराज पन्त, महाधिवेशन प्रतिनिधि जानुका अधिकारीले पनि आवेदन पेस गरेका छन्।

    समानुपातिकतर्फ आवेदन दिनेहरुमाजगत बराम, युवराज बस्ताकोटी, जीवनप्रेम श्रेष्ठ, रजनी मियाँ र शोभा भट्ट खनाल रहेका छन्। आकांक्षीहरुको नाम क्षेत्रीय समितिले जिल्ला समितिलाई निर्णय गरेर पठाउन भने बाँकी छ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार