पछिल्लो २४ घण्टामा १७३ कोरोना संक्रमित थपिए, ३९६ जना घर फर्किए


गोरखा खबर
  • शनिबार, भाद्र ११ २०७९

  • गोरखाखबर (काठमाडौं, ११ भदौ)  । देशभर थप १७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    पछिल्लो २४ घण्टामा थप १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

    २ हजार ८३९ जनाको परीक्षण गरिएकोमा सो संख्यामा संक्रमण देखिएको हो। ६४३ जनाको पिसिआर गर्दा ६५ जना र २ हजार १९६ जनाको एन्टिजेन परीक्षण गर्दा १०८ जनामा संक्रमण देखिएको हो।

    यसको संक्रमणबाट निको भएर ३९६ जना घर फर्किएका छन्। देशभर ३ हजार ६१२ जना सक्रिय संक्रमित छन्।

    प्रतिक्रिया

    सम्बन्धित समाचार