एकैदिन ४४४ जना कोरोना संक्रमित थपिए,  ३ जनाको मृत्‍यु


गोरखा खबर
  • बिहिबार, भाद्र ९ २०७९

  • गोरखाखबर (काठमाडौँ, ९ भदौ) । पछिल्लो २४ घण्टामा ४४४ जना कोरोना संक्रमित थपिए भने ३ जनाको मृत्‍यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९५४ जनाको परीक्षणमा ४४४ जनामा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९९६जनाको पीसीआर परीक्षण गर्दा २११ जना र २ हजार ९५८ जनाको एन्टिजेन परीक्षण गर्दा २३३ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

    यस्तै बिहीबार कोरोना संक्रिय संक्रमितको संख्या ४ हजार १९९ पुगेको छ । पछिल्लो २४ घण्टामा ३०७ जना संक्रमणमुक्त भएका छन् ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार