नौ किलो खपटासहित तीन जना पक्राउ


गोरखा खबर
  • बिहिबार, भाद्र ९ २०७९

  • गोरखाखबर (काभ्रेपलाञ्चोक, ९ भदौ) ।  प्रहरीले संरक्षित वन्यजन्तु सालकको आखेटोपहार (खपटा)सहित तीन जनालाई पक्राउ गरेको छ ।

    नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) काठामाडौँ र काभ्रेपलाञ्चोकस्थित इलाका प्रहरी कार्यालय बनेपाको संयुक्त टोलीले अवैधरुपमा ओसारपसार भइरहेको खपटासहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ का ४९ वर्षीय गोविन्द सेन्चुरी तथा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ का २६ वर्षीय सुरज झेडीमगर र महाभारत गाउँपालिका–७ का २५ वर्षीय विमान स्याङ्तान रहेको प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।

    तीनैजनालाई बनेपा नगरपालिका–६ को २८ किलोस्थित स्वागत क्याफेमा खपटा खरिद बिक्री गरिरहेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ गरिएकामाथि हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ । उनीहरुलाई म्याद थप गरी आज जिल्ला वन कार्यालय बुझाइने न्यौपानेले बताउनुभयो ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार