पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्‍यु


गोरखा खबर
  • मंगलबार, भाद्र ७ २०७९

  • गोरखाखबर (काठमाडौँ, ७भदौ) । पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्‍यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९४९ जनाको परीक्षणमा ६३४ जनामा संक्रमण पुष्टि भएको हो ।

    जसमध्‍ये २ हजार ७५७ जनाको पीसीआर परीक्षण गर्दा ३४३ जना र २ हजार १९२ जनाको एन्टिजेन परीक्षण गर्दा २९१ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

    योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार २२१ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१७ जना संक्रमणमुक्त भएका छन् ।

    स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार ४४ जना होम आइसोलेसनमा रहेका छन् भने १७७ जना संस्थागत आइसोलेसन र ५२ जना आईसीयूमा छन् ।

    यस्तै ३ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

    मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४५ हजार ५७४पुगेको छ ।

     

    प्रतिक्रिया

    सम्बन्धित समाचार