गोरखामा बन्दको सामान्य प्रभाव


गोरखा खबर
  • मंगलबार, भाद्र ७ २०७९

  • गोरखाखबर (गोरखा,७भदौ) । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आज (मंगलबार) नेपाल बन्दको घोषणा गरेको छ ।

    विप्लव नेतृत्वको नेकपाले हिजो राजधानी सहित देशैभर मसाल जुलुस निकालेको थियो।

    गोरखामा भने बन्द प्रभाव सामान्य परेको छ । बिहानैदेखि सवारी साधन सामान्य दिन भन्दा थोरै चलेका छन् । लामो दुरीका सवारी साधन निकै कम चलेका छन् । साना सवारी साधनभने संचालनमा आएको प्रहरीले बताएको छ । अधिकाशं शैक्षिक संस्था राजनीतिक त्रासले बन्द भएको छ । अहिलेसम्म कुनै अप्रिय घटना नभएको प्रहरीको भनाइ छ ।

    तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपासँग गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेर उल्टै आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ पूर्जी जारी गरेको, एमसीसी, महंगी र राष्ट्रघाती सन्धी सम्झौताविरुद्ध विप्लव नेतृत्वको नेकपासहितका चार दलले नेपाल बन्द गरेका हुन् ।

    जसमा नेकपासँगै श्रषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी रहेका छन् ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार