पछिल्लो २४ घण्टामा ६५८ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु


गोरखा खबर
  • सोमबार, भाद्र ६ २०७९

  • गोरखाखबर(काठमाडौं, ६ भदौ) । पछिल्लो २४ घण्टामा ६५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ३८१ पीसीआर परीक्षणमा ४०५ जना र तीन हजार २६२ एन्टिजेन परीक्षणमा २५३ जना गरी ६५८ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । त्यस्तै ४५६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर चार हजार २९६ जना सक्रिय संक्रमित रहेका छन् ।

    स्वास्थ्य मन्त्रालयका अनुसार ४ हजार १३४ जना होम आइसोलेसनमा रहेका छन् भने १६२ जना संस्थागत आइशोलेशन र ५० जना आईसीयूमा छन् ।

    यस्तै १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४४ हजार ९४० पुगेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार