गोरखामा एक महिला मृत फेला


गोरखा खबर
  • सोमबार, भाद्र ६ २०७९

  • गोरखाखबर(गोरखा, ६ भदौ) । गोरखामा एक महिला मृत भेटिएकी छिन् । धार्चे गाउँपालिका–४ खोर्ला घर भएका ५८ बर्षकी पितमाया गुरुङ मृत अबस्था भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेकको हो ।

    आरुघाट गाउँपालिका–९ को आरुघाट बजारमा बस्दै आएकी गुरुङ आफ्नै भान्सा कोठामा मृत अबस्थामा भेटिएको गोरखा प्रहरीले जानकारी दिएको छ ।

    मृत्युको कारण भने खुल्न सकेको छैन । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार