राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित


गोरखा खबर
  • बिहिबार, भाद्र २ २०७९

  • गोरखाखबर (काठमाडौँ, २ भदौ) ।  सरकारले संसदमा प्रस्तुत गरेको नागरिकता सम्बन्धी विधेयक दोस्रोपटक पारित भएको छ । अघिल्लोपटक पारित भएको विधेयकलाई राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए पनि हुबहु पारित गरिएको हो ।

    सभामुख अग्नी सापकोटाले विधेयकको पक्ष र विपक्षमा मतदान गराएका थिए । एमाले सांसदहरुले विपक्षमा मतदान गरे भने सत्तारुढ दलका सांसदहरु पक्षमा उभिए ।

    सभामुख अग्नी सापकोटाले विधेयकको पक्षमा १३५ मत र विपक्षमा ६० मत परेको भन्दै नागरिकता विधेयक बहुमतबाट पारित भएको घोषणा गरे । प्रतिनिधिसभाबाट विधेयक पारितसँगै अब राष्ट्रियसभामा पठाइने छ । राष्ट्रियसभाबाट पारित भएपश्चात प्रमाणीकरणका लागि दोस्रोपटक राष्ट्रपतिसमक्ष पेश गरिने छ । यसपटक राष्ट्रपतिसामू विधेयक प्रमाणीकरण गर्नुको विकल्प छैन ।

    राष्ट्रपति अघिल्लोपटक प्रमाणीकरणका लागि आएको विधेयकमा ८ बुँदे ध्यानाकर्षणसहित संसदलाई फिर्ता पठाएकी थिइन् । उनले उल्लेख गरेका बुँदाहरुलाई सम्बोधन नगरी जस्ताको तस्तै पारित गरिएको हो । आजको बैठकमा प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भए ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार