टानको द्वितीय उपाध्यक्षमा गोरखाका धनबहादुर गुरुङ  विजयी


गोरखा खबर
  • मंगलबार, साउन ३१ २०७९

  • गोरखाखबर (गोरखा, ३१ साउन) ।  ट्रेकिङ एजेन्सिज एशोसिएशन(टान)को द्वितीय उपाध्यक्षमा गोरखाका धनबहादुर गुरुङ निर्वाचित भएका छन् । प्रतिस्पर्धी दावा लामा(तामाङ)लाई ३१६ मतले पछि पार्दै ५९८ मत ल्याई निलहरी बास्तोला प्यानलबाट गुरुङ विजयी भएका हुन् ।

    गुरुङ अजीरकोट गाउँपालिका ४ गोगनपानी निवासी हुन् । उनी ट्रेक इथिक एड्भेञ्चर कम्पनीका मेनेजिङ डाइरेक्टर हुन् ।

    साथै टानको अध्यक्षमा ६१६ मत ल्याई निलहरी बास्तोला विजयी भएका छन् । वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रदीप पण्डित विजयी भएका छन् । त्यस्तै महासचिवमा विनोद सापकोटा विजयी भएका छन् ।

    सचिवमा होमनाथ भट्टराई, कोषाध्यक्षमा पुरुषोत्तम तिमल्सेना, सहकोषाध्यक्षमा छिङ दोर्जी शेर्पा विजयी भएका छन् ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार