गोरखा क्षेत्र नं २ बावुराम भट्टराई लाई छाडिन्न : काँग्रेस नेता पाण्डे


गोरखा खबर
  • बिहिबार, साउन २६ २०७९

  • गोरखाखबर( गोरखा, २६ साउन ) । नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले अव बावुराम भट्टराईका लागि भनेर काँग्रेस गोरखा क्षेत्र नं २ नछाड्ने बताएका छन । गोरखा सदरमुकाममा बिहीवार नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा बोल्दै काँग्रेस नेता पाण्डेले दुइवटा संघीय क्षेत्र रहेको गोरखामा क्षेत्र नं १ माओवादी लाई र क्षेत्र नं २ काँग्रेसले लिने गरी बाड्फाँड गर्ने जानकारी दिए । बाबुराम भट्टराई अहिले सम्म गठबन्धनमा पनि नरहेको र गोरखा जिल्लामा १/१ संघीय क्षेत्र र २/२ प्रदेश क्षेत्र बाँडफाँड गर्ने गरी माओवादी र काँग्रेस बीच गृहकार्य भइरहेको पनि काँग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले जानकारी दिए । २०७४ को संघीय तथा प्रदेशसभा निर्वाचनमा गोरखा क्षेत्र नं २ मा नयाँ शक्ति पार्टीको उम्मेदवार बावुराम भट्टराई लाई काँग्रेसले सर्मथन गरेर जिताएको थियो ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार