गोरखामा लागुऔषधसहित दुई युवा पक्राउ


गोरखा खबर
  • बिहिबार, साउन २६ २०७९

  • गोरखाखबर (गोरखा, २६ साउन) । गोरखामा लागु औषधसहित दुई जना युवा पक्राउ परेका छन् । शहिदलखन गाउँपालिका ३ दरौदी नयाँपुलस्थित एक होटलबाट तनहुँका दुई युवा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

    पक्राउ पर्नेमा तनहुँ आँबुखेरैनी गाउँपालिका वडा नं ३ चिसापानीका ३२ वर्षीय उमेश श्रेष्ठ र सोही ठाउँका ३२ वर्षीय युवराज गुरुङलाई पक्राउ गरिएको डिएसपी लिलाराज लामिछानेले बताए । शंकास्पद अवस्थामा फेला पारी उनीहरुको शरीरमा खानतलासी गर्दा थप लागुऔषध बराम गरेको उनले बताए ।

    उनीहरुको साथबाट डाइजेपाम एम्पुल ४८ थान, नवफिम एम्पुल ४८ थान, फेनोगन एम्पुल ४८ थान र सिरिन्ज ५ थान फेला परेको उनले जानकारी दिए । दुवै जनालाई बुधबार लागू औषध डाईजेपाम समेत शीर्षकमा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालत गोरखाबाट हिरासतमा राखिएको छ । म्याद थप गरी अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार